कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ५४


काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने १०औँ अधिवेशनका बैठकमा पनि अवरोध कायमै छ ।


प्रतिक्रिया दिनुहोस्