फिलिपिन्समा राई आँधीका कारण हालसम्म ३७५ को मृत्यु, ५ सय घाइते हुँदा ५६ बेपत्ता

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : २७


फिलिपिन्समा गत बिहीबार गएको खतरनाक आँधीका कारण हालसम्म ३७५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

१९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गएको राई नाम दिइएको आँधी फिलिपिन्सको दक्षिण–पूर्वी द्विपसँग ठोक्किएको थियो।

यो आँधीका कारण त्यहाँका ४ लाख नागरिकहरु प्रभावित भएको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार आँधीका कारण ५ सय घाइते भएका छन् भने ५६ अझै बेपत्ता छन्।

यस प्राकृतिक प्रकोपलाई त्यहाँका उद्धार संस्थाले ‘पूर्ण नरसंहार’ भनेको छ। आँधीले बाढी र पहिरो निम्त्याउँदा मानिसहरुले दुःख पाएका छन्।


प्रतिक्रिया दिनुहोस्