नेपाली काँग्रेसका केन्द्रीय सदस्यमा खुल्ला महिलातर्फ ९ जना निर्वाचित भएका छन्।
मतपरिणाम अनुसार डा.डिला संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छिन्।
डिलाले २८८५ मत ल्याएकी छिन्। पुष्पा भुसालले दोस्रो सर्वाधिक मत ल्याएकी छिन्।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाले २५३६ मतसहित तेस्रो स्थान प्राप्त गरेकी छिन्। तीनैजना देउवा पक्षका हुन्।