नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार विजयी भएका छन्।
उक्त पदमा एक जना निर्वाचित हुने व्यवस्था छ। सो पदमा पाँच जनाले उम्मेदवारी दिएका थिए।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार २१७१ मत प्राप्त गर्दै सुनुवार निर्वाचित भएका छन्। दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १०२३ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ।