खुला महिला केन्द्रीय सदस्यमा डिलाले बढाइन अग्रता, आरजु थप पछि परिन

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : ००


नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले १९०६ मतसहित अग्रता बढाएकी छन्। यसअघि २५६५ मत गन्दा दोस्रोभन्दा ७२ मत र तेस्रोभन्दा १५२ मतले अगाडि डिला ३०५० मत गन्दा दोस्रोसँग ९९ मत र तेस्रो उम्मेदवारसँग २१८ मतको अग्रता बनाएकी छन्।

दोस्रोमा रहेकी पुष्पा भुसालले १८०७ मत पाएकी छन्। उनी अघिल्लो परिणामको तुलनामा अहिले डिलाभन्दा थप २७ मतले पछाडि परेकी छन्। यसअघि ७२ मतले पछाडि पुष्पा अहिले ९९ मतले पछाडि परेकी हुन्।

तेस्रोमा १६८८ मत पाएकी आरजु त यसअघिको डिलासँगको अन्तरभन्दा थप ६६ मतले पछाडि परेकी छन् । यसअघि डिलासँग १५२ मतले पछाडि आरजु अहिले २१८ मतले पछाडि परेकी हुन्।

निर्वाचन समितिकाअनुसार चौथोबाट नवौंसम्म क्रमश: अम्बिका बस्नेतले १५२९, ईश्वरी न्यौपाने १४९४, सरिता प्रसाईं १३७१, रमा कोइराला १२३६, सुशीला ढकाल ११९५, रंगमती शाहीले ११८८ मत ल्याएका छन ।

खुलातर्फ ९ जना महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा ३० जना छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्