श्रीमती मरेर गएपनि यी व्यक्ति सँधै उनकै साथमा, मैनको आकृतिलाई दिनरात गर्छन् चुम्बन!

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : ४४


भारतका व्यापारी श्रीनिभास गुप्ताकी श्रीमती माधवीको मृत्यु भएको चार वर्ष भयो।

तर श्रीमतीको मृत्युले पनि एक्ला छैनन् उनी। ५८ वर्षका उनी र दिवंगत माधवीलाई मृत्युले पनि छुट्याउन सकेको छैन।

वास्तवमा श्रीनिभासले श्रीमतीको मैन आकृति बनाएका छन्। त्यसैले माधवीको मृत्यु भएता पनि श्रीनिभास सँधै माधवीको छेउमै हुन्छन्।

Karnataka Man Installs Life-Size Statue Of Late Wife In His New House - SheThePeople TV

उनी बिहान बेलुकी माधवीको आकृतिलाई चुम्बन गर्दछन्। यही कारण हो माधवी र श्रीनिभासले मृत्युलाई पनि जिते अर्थात् अझैपनि श्रीनिभास श्रीमती जिवितै छ भन्ने सोच्छन्।

सन् २०१७ मा श्रीनिभास पत्नी माधवीको सडक दुर्घटनामा मृत्यु भएको थियो।

भिडिओ


प्रतिक्रिया दिनुहोस्