‘कबड्डी ४–द फाइनल म्याच’को रमाइलाे टिजर सार्वजनिक, हलमा बैशाखमा रिलिज हुने (भिडिओ)

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : ३८


नेपाली दर्शकले औधी रुचाएको चलचित्र ‘कबड्डी’को अन्तिम सिक्वेलको रुपमा चलचित्र ‘कबड्डी ४–द फाइनल म्याच’ बनेको छ।

यो चलचित्र आगामी बैशाख २३ मा रिलिज हुनेछ। चलचित्रको टिजर भने आज सोमबार सार्वजनिक भएको छ।

चलचित्रमा पहिल्यैकै कलाकार दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल र नयाँ नायिका मिरुना मगर लगायतको अभिनय रहेको छ।

चलचित्रका निर्देशक राम बाबु गुरुङ हुन भने यसको लेखन गुरुङसँगै उपेन्द्र सुब्बाले गरेका छन्।

यो चलचित्र हेर्न नेपाली दर्शकहरु आतुर भइसकेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्