हङकङको निर्वाचनमा चीन समर्थक उम्मेदवारको जित, स्वतन्त्र हङकङ चाहनेलाई धक्का

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : १६


हङकङ। हङकङको विधान परिषद ‘लेगको’ निर्वाचनमा चीन समर्थक उम्मेदवारहरुले भारी जित हात पारेको दाबी गरेका छन्।

यसपटकको निर्वाचनमा सबैभन्दा कम मतदान भएको बीबीसीले जनाएको छ। मुख्यक्षेत्र चीनले हङकङको चुनाव प्रणालीमा बदलाव गरेपछि पहिलोपटक त्यहाँ निर्वाचन भएको हो।

यस्ता परिवर्तनले हङकङको राजनीतिक परिदृश्य नै परिवर्तन गरिदिएको छ। चीनले हङकङमा देशभक्त नागरिकले मात्र निर्वाचनमा उठ्न पाउने नियम बनाएको थियो।

जसकारण स्वतन्त्र हङकङका पक्षधरलाई धक्का लाग्यो। आलोचकहरुले चीनको यस नियमले हङकङमा लागू एक देश दुई प्रणालीमा धक्का लागेको बताउँदै आएका छन्।

अधिकारीहरुका अनुसार यसपटक ३०.२ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए।

People queue to vote at a Hong Kong polling station

सन् २०१९ मा सात महिनाभन्दा लामो आन्दोलन भएपछि चीन हङकङमा खुलेर हाबी भएको छ। सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा नागरिकहरुले हङकङमा महिनौं प्रदर्शन गरे।

अन्ततः चीनले सन् २०२० मा यस्तो कानुन ल्यायो जसले हङकङमा चीन विरोधी नारा लगाउने र स्वतन्त्र हङकङ चाहने त्रसित बने। चीन विरोधी गतिविधि भएको खण्डमा हङकङमा आजीवन कारावाससम्म हुनसक्छ।


प्रतिक्रिया दिनुहोस्