म्यान्मारमा सेनाको क्रुरताः सामूहिक हत्या गरेर ४० जनालाई एकैपटक खाल्डोमा पुरियो!

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ०९


म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन्। जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ।

बीबीसीका अनुसार सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर समूहमै हत्या गरेको साक्षीले बताएका छन्। सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ।

हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो। विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो।

यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ। सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन्।

‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन्। अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ ती व्यक्तिले भने।

म्यांमार सेनाम्यांमार सेना

गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन्। कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो। बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ।

यसअघि सेनाले प्रदर्शनकारीमाथि जानाजान गाडी हुँइक्याइएका भिडिओहरु सार्वजनिक भएका थिए। प्रजातन्त्रको माग गर्दै आन्दोलन गर्नेमाथि सेनाले गोली चलाउने गरेका छ। यसबीचमा सामूहिक हत्याको तथ्य सार्वजनिक भएको हो।

गत फेब्रुअरीयता सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा हालसम्म १२ सय जनाको मृत्यु भएको तथ्यांक छ।

प्रदर्शनकारीमाथि गोली चलाउने, घरमै गएर कुटपिट गर्ने घटना बाहिरिरहँदा सेनाको ज्यादतीको अर्को उदाहरण सार्वजनिक भएको हो।

सेनाले त्यहाँका राष्ट्रपति विन मिन्ट, लोकतन्त्रवादी नेतृ आङ साङ सुचीसहित देशका शीर्ष नेतालाई नजरबन्दमा राखेका छन्।

सेनाले सुचीको पार्टीले गत नोभेम्बरको चुनावमा धाँधली गरेको आरोप लगाएका थिए। एकवर्ष सेनाले शासन गर्ने अनि आम निर्वाचन गराएर सत्ता चुनाव जित्ने पार्टीलाई हस्तान्तरण गर्ने सेनाको भनाइ छ।

सेनाले एक वर्षभित्र देशमा आम निर्वाचन गराउने वाचा गरेता पनि सुचीलाई जेल हाल्ने र नागरिक हत्या गर्ने गरेका कारण यिनीहरु सत्तामै बसिरहने अनुमान गरिएको छ। बीबीसी र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्