स्टडी ग्रुपले गर्यो फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ३३


अग्रणी अन्तरराष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो। यो विश्वविद्यालयमा ३०,००० बढी अन्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन्। यो विश्व–विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाई सकिएपछि गूगल, एप्पल, र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्स जस्ता ग्लोबल कम्पनीहरुमा ४,८०० भन्दा बढी इन्टर्न्शिशप प्लेस्मेन्टको सुविधा उपलब्ध गराएको छ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिव्रिद्धी गर्ने काम पहिलो प्राथमिकतामा राख्छ। र स्टडी ग्रुपको मुख्य उद्धेश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिव्रिद्धी गर्ने नै हो। स्टडी ग्रुप फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत शैक्षिक कार्यक्रमहरुमा अन्तर–राष्ट्रिय विध्यार्थीहरु भर्ना गर्नको लागि ट्रस्टेड पार्टनर हो । स्टडी ग्रुपले विश्वभरीका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसन सम्बन्धि शैक्षिक परामर्श गर्दै आइरहेको छ।

स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समा पाथ वे प्रोभाइडर अफ द इयर पनि हुन सफल भएको थियो।


प्रतिक्रिया दिनुहोस्