विश्वप्रकाशलाई सिटौलाले भने, ‘महामन्त्री भन्दा ठूलो पदमा पुग्नू, मेरो आर्थिवाद छ’

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : ५७


काठमाडौं । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा नेताहरुसँगको भेटघाटमा सक्रिय भएका छन।

यसैक्रममा शर्माले वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन्।

सिटौला निवास चण्डोल पुगेर शर्माले आशिर्वाद लिएका हुन्।

सो क्रममा आशिर्वाद दिँदै सिटौलाले महामन्त्री भन्दा माथिल्लो तहमा पुग्नुहोला भन्दै आशिर्वाद दिएका छन।

शर्मालाई सिटौलाले आशिर्वादसहित टीका र खादा लगाइदिएका थिए।शर्मा र सिटौला दुवैको गृह जिल्ला झापा हो।


प्रतिक्रिया दिनुहोस्