महोत्तरीमा विद्यालयमै पुगेर बालबालिकालाई खोप लगाइने

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ०६


विशाल बस्नेत

महोत्तरी । कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाइनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए ।

६ देखि ११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ । जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा भने १४ देखि १८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ ।

खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्