सानदार जितसँगै इन्टरलाई चार अंकको अग्रता

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ४०


काठमाडौं । इटालीयन सिरी ए मा सानदार जितसँगै इन्टर मिलानले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

शुक्रबार राति भएको खेलमा इन्टरले सेलेर्निटानालाई ५–० अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इभान पेरिसिक, डेन्जेल डुमफ्रियस, एलेक्सिस सान्चेज, लौटारो मार्टिनेज र रोबार्टो गाग्लीयर्दिनीले १/१ गोल गरे ।

जितसँगै इन्टरले शीर्ष स्थानमा १८ खेल सहित ४३ अंक बनाएको छ । दोस्रो स्थानको एसि मिलानको ३९ अंक छ । पराजित सेलेर्निटाना समान खेलबाट ८ अंक सहित पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्