पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : २५


काठमाडौं । नेपाल पर्यटन बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ ।

सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो ।


प्रतिक्रिया दिनुहोस्