केन्द्रीय सदस्यमा देउवापक्षको विजयी सुरुवात, चित्रलेखाले जितिन्

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : १४


नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत विजयी पहिलो केन्द्रीय सदस्यको घोषणा भएको छ।

शुक्रबार प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन्।

सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन्।

चित्रलेखाले २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत ल्याएकी छन्। यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस्