रहेनन् रंगकर्मी प्रचण्ड मल्ल

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ३०


वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो।

अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएइर उपचार गराइरहेका थिए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

मल्ल नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति पनि हुन्।


प्रतिक्रिया दिनुहोस्