काठमाडौं । नेपाली काँग्रेसको सह-महामन्त्रीमा शेखर कोइराला पक्षका बद्री पाण्डे विजयी भएका छन।
कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह-महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री २४११ मत प्राप्त गरेर विजय भएका हुन।
यस्तै सभापति शेरबहादुर देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे। पराजित शाही कर्णाली प्रदेशका अहिलेका मुख्यमन्त्री हुन्।