लोड बन्दुकको ट्रिगर झुक्किएर दाबिँदा नाबालक छोराको हातबाट पिताको मृत्यु

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४८


जर्जियामा एउटा दुःखद् घटना घटेको छ। एक वर्षको नाबालकबाट आफ्नै पिताको मृत्यु भएको हो।

साभना प्रहरीका अनुसार लोड गरिएको बन्दुक खेलाउने क्रममा बालकले ट्रिगर दबाउँदा गोली चलेको थियो। गोलीले उनको पिता २५ वर्षका डस्टिन वाल्टर्सलाई लागेको थियो।

उपचारको क्रममा वाल्टर्सको मृत्यु भएको हो। प्रहरीका अनुसार लोड पेस्तोल बालकले भेट्टाउने स्थानमा राखिएका कारण यो घटना हुन पुग्यो।

डस्टिन छोरा क्यामरोन र श्रीमती टोरीसँग साभनाको ई.६४ स्ट्रिटमा बस्दथे। डेलीमेलका अनुसार डिसेम्बर ५ का दिन साँझ साढे ५ बजेको समयमा यो घटना घटेको हो।


प्रतिक्रिया दिनुहोस्