आइतबार उपत्यकामा सार्वजनिक बिदा

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : ५३


काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उद्यौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्