भोकमरीले ३० लाख अफगान नागरिकको ज्यान जाने चेतावनीपछि भारत सहयोग पठाउन तयार

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ४८


अफगानिस्तानको तालिबान सरकारलाई सहयोग गर्ने विषयमा भारतले पाकिस्तानसँग छलफल अगाडि बढाएको छ।

चौतर्फी आर्थिक प्रतिबन्ध झेलेपछि आर्थिक संटक भोगिरहेको अफगानिस्तानलाई भारतले मानवीय सहायता प्रदान गर्ने विषयमा पाकिसतानसँग छलफल गरिरहेको भारतीय अधिकारीलाई उदृत गर्दै बीबीसीहिन्दीले जनाएको छ।

भारतीय विदेशमन्त्रालयका अनुसार यो सहयोगमा गहुँ र औषधिहरु सामेल छन्।

हालै संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरीका कारण ३० लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिएको थियो। त्यहाँको स्वास्थ्य ढाँचा पनि कमजोर भएको बताइएको छ।

गत अगष्टमा जब तालिबान सत्तामा आयो त्यसयता अफगानिस्तानको सम्पत्ति जुन विदेशमा छन् त्यसको प्रयोग नयाँ तालिबान सरकारले प्रयोग गर्न पाइरहेको छैन। अमेरिकाले त्यहाँका बैंकमा रहेका अफगान सम्पत्ति रोक्का गरिदिएको छ।

यही कारण त्यहाँ संकट उत्पन्न भएको छ। चीन र पाकिस्तानले भने खुलेरै तालिबान सरकारलाई सहयोग गरिरहेका छन्। लाखौं मानिस भोकै हुने राष्ट्रसंघको चेतावनीपछि भारत अफगानिस्तानमा मद्दत पठाउन राजी भएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पाकिस्तानको सडक हुँदै अफगानिस्तानमा मद्दत पठाउने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्