काठमाडौं प्रहरी प्रमुखमा आए एसएसपी सुदीप गिरी

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ३७


काठमाडौं । जिम्मेवारी हेरफेरसँगै काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरी आएका छन।

उनले आजबाट महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हालेका छन।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको गृहमन्त्रालयले यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरे पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।

गत कात्तिकमै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गृह मन्त्रालयले सुदीप गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा उल्झन देखिएको थियो।

काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको बताइएको छ। गृहमन्त्री बालकृष्ण खाँणले गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने निर्णय गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै निर्णय कार्यान्वयन हुन रोकेकामा अन्ततः गिरी लामो प्रतीक्षापछि कार्यालयमा हाजिर भएका हुन्।

सिंहलाई भने भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्