बेलायतमा एक जुम्ल्याहासहित चार बालबालिकाको आगलागीमा परेर मृत्यु

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : २२


बेलायतमा एक जुम्ल्याहासहित चार बालबालिकको आगलागीमा परेर मृत्यु भएको छ।

बिहीबार राति लन्डनको एक घरमा आगलागी हुँदा पाँच वर्ष मुनीमा चार जनाको मृत्यु भएको डेलीमेलले जनाएको छ।

चार बालबालिका सबै आफन्तहरु भएको बताइएको छ। बच्चाहरु मात्र घरमा भएका बेला आगलागी भएको थियो।

क्रिसमस पूर्व बेलायतमा भएको यस घटनालाई दुखःद मानिएको छ। कोलिङवुड रोडमा रहेको घरमा राति ७ बजेको समयमा आगलागी भएको थियो।

आगो निभाउन ६० अग्निनियन्त्रक खटेका थिए। आगोको धुँवामा गुम्सिएपछि सास फेर्न नसकेर उनीहरुको मृत्यु भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्