जापानको ओसाकास्थित भवनमा आगलागी, २७ को मृत्यु भएको आशंका

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४४


जापानको ओसाका शहरस्थित एक भवनमा आगलागी भएको छ।

यस आगलागीमा परेर २७ जनाको मृत्यु भएको आशंका गरिएको त्यहाँको पब्लिक ब्रोडकास्टर एनएचकेलाई उदृतगर्दै बीबीसीले जनाएको छ।

हाल आगलागीमा परेर हराएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन्।

स्थानीय संचारमाध्यमका अनुसार आगलागीपछि धुवाँ फैलँदा धेरै जनाले ‘कार्डिओपल्मोनरी अरेस्ट’को सामना गर्नु परेको थियो। यसको मतलब उनीहरुको फोक्सोले काम गरेको थिएन।


प्रतिक्रिया दिनुहोस्