वासिङ्टनमा उइगर मुस्लिम सम्बन्धी विधेयक पारित, अमेरिका–चीनबीचको सम्बन्ध झनै बिग्रने निश्चित

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ५८


अमेरिकाको संसदमा चीनमा रहेको उइगर मुस्लिमसँग सम्बन्धित एउटा विधेयक पारित भएको छ। यो विधेयकका कारण अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रने निश्चित छ।

उइगर फोर्स्ड लेबर प्रोटेक्सन एक्ट’ विधेयकअनुसार यदी चीनको सिनजियाङ प्रान्तबाट आयात हुने कुनै पनि वस्तुमा उइगरको श्रम शोषण भएको पाइएमा त्यस्ता बस्तु अमेरिका निर्यात हुनेछैन।

अमेरिकाले पहिल्यैबाट चीनले उइगर मुस्लिमहरुको मानवअधिकार हनन् गरेको आरोप लगाउँदै आएको छ। उनीहरुको श्रम शोषण भएको, उनीहरुको धर्म परिवर्तन गर्न खोजेको र जनसंख्या बढ्न नदिन विभिन्न नियम लागू गरेको पश्चिमा राष्ट्रहरुको आरोप छ।

यही विषयमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडाजस्ता राष्ट्रले आपत्ति जनाउँदै बेइजिङ ओलम्पिक्समा कूटनीतिक बहिष्कार गरेका छन्। कुनै कूटनीतिज्ञ बेइजिङको खेलमा जाने छैनन् तर खेलाडी भने जानेछन्।

नयाँ विधेयक पारित भएपछि अब चीनको सिनजियाङ प्रान्तका कम्पनीहरुले उइगर मुस्लिमहरुको श्रम शोषण नगरेको प्रमाणित गर्नुपर्नेछ।

चीनमाथि यो पनि आरोप छ कि १० लाख उइगर मुस्लिमलाई नजरबन्दमा राखिएको छ र उनीहरुको श्रम शोषण गर्ने गरिएको छ। तर चीनले भने यी आरोपहरु निराधार भएको बताउँदै आएको छ।

अमेरिकाले आफ्नो देशको मुस्लिमसँग सम्बन्धित कानुन बनाउन लागेपछि अमेरिकासँग चीन रुष्ट हुने निश्चित छ। यो कारणले अमेरिका र चीनको बिग्रिएको सम्बन्ध उत्कर्षमा पुग्नेछ।

बिहीबार यो विधेयकको पक्षमा एक जनाले बाहेक सबै सांसदले भोट दिएको बीबीसीले जनाएको छ। अब राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि ‘उइगर फोर्स्ड लेबर प्रोटेक्सन एक्ट’ कानुन बन्नेछ।


प्रतिक्रिया दिनुहोस्