भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ५०


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ।

भुटानको प्रधानमन्त्री कार्यालयले मोदीलाई सर्वोच्च सम्मान दिइने जानकारी दिएको हो।

त्यहाँको प्रधानमन्त्री कार्यालयले फेसबुकमा भनेको छ,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ सम्मान दिइनेछ।’

मोदीकै कारण कोरोना महामारीसँग लड्न भुटान सक्षम भएको भुटान सरकारको भनाइ छ। महामारीका बेला भारतले प्रदान गरेको मद्दतका कारण मोदी यो सम्मान योग्न भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्