दशैं–तिहार योजना ‘होण्डाको साथ ७’का विजेताहरुको नाम घोषणा, पाए एक देखि १५ लाख नगद उपहार

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : २३


काठमाडौं। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार योजना “होण्डाको साथ ७”का विजेताहरुको नाम घोषणा गरेको छ।

यस योजनामा स्क्र्याच कुपनमार्फत् देशभरका सात प्रदेशबाट भाग्यसाली ७ जनाले रु. १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यसाली विजेताले रु. १५ लाख नगद उपहार प्राप्त गरेका छन्।

“होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट विराटनगरस्थित एसटीसी विराटनगरका रबिना चौधरी, प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका राम प्रकाश यादव, प्रदेश ३ बाट एसटीसी टेकु–सिटिजन्स बैंक लिमिटेडका अनिना मानन्धर, प्रदेश ४ बाट कुवर ब्रदर्सका जमुना मुडभरी, प्रदेश ५ बाट अमृत इन्टरनेसनलका अन प्रसाद काफ्ले, प्रदेश ६ बाट न्यु बुलबुले अटो सेल्सका तारा थापा र प्रदेश ७ बाट परसुराम थारु विजेता बने।

उनीहरु सबैले नगर एक–एक लाख पुरस्कार पाए। यस्तै प्रदेश पाँचका एसटी अटोका साबित्रा श्रेष्ठले भने बम्पर उपहार स्वरुप १५ लाख प्राप्त गरिन्।

यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन्। उता होण्डा बिग बाइकको खरिद गर्ने सबैले रु.४०,००० सम्मको क्यास ब्याक प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस्