नबिल बैंकको अगुवाईमा जुम्लामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : १०


नबिल बैंकको अगुवाईमा जुम्लामा ‘उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न भएको छ।

जुम्ला जिल्लाको तिला गाउपालिकामा युवा उद्यमशिलता र स्वरोजगारलाई प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्येश्यका साथ नबिल बैंकले ६ दिने तालिम कार्यक्रम आयोजना गरेको थियो।

नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउपालिकाबीच त्रिपक्षीय आयोजनामा कार्यक्रम हालै सम्पनन्न भएको हो।

महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी भएनन्, उनीहरुले घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए।

उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए।

त्यस्तै नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई राम्रो उद्यमी बन्न शुभकामना दिए।

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न उनले सुझाव दिए।


प्रतिक्रिया दिनुहोस्