काँग्रेस सहमहामन्त्रीमा देउवा समूहकी डिना विजयी

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : ५४


काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन।

उनी २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्।

पन्त शेखर कोइराला समूहकी हुन्। विजयी उम्मेदवारको औपचारिक घोषणा बाँकी छ।

महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।

 


प्रतिक्रिया दिनुहोस्