गगन थापाको विजयी हाँसो

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ४ : ५२


कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।

थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।

अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्