गाईघाट–दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ५५


उदयपुर। उदयपुर र खोटाङ सदरमुकाम जोड्ने गाईघाट(दिक्तेल सडकअन्तर्गत सुनकोसीको फोक्सिनटारमा एकै वर्ष सातौँ पटक बेलिब्रिज जडान गरिएको छ ।

पछिल्लो पटक बिहीवार बेलीब्रिज जडान गरिएको हो । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटार जोड्ने सुनकोसीस्थित फोक्सिङ्टारमा बेलीब्रिज राखिएको हो ।

गाईघाट–दिक्तेल सडक योजनाबाट करिब ७८ लाख रुपैयाँमा रेग्मी निर्माण सेवा गाईघाटले बेलीब्रिज जडान गर्ने जिम्मा लिएको थियो । सुनकोसी नदीमा पानीको बहाव घटेसँगै हिउँदभर संचालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङ्टारमा ५० मिटर लम्बाई भएको अस्थायी बेलीब्रिज जडान गरिएको हो ।

खोटाङलाई तराईसँग सिधा यातायातको पहुँच पुर्याउन सात वर्षदेखि फोक्सिनटारमा बेलीब्रिज जडान हुँदै आएको छ ।

गाईघाटबाट १३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङ्टारमा बेलीब्रिज संचालनमा आएसँगै दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने सिधा र छोटो बाटो खुलेको हो । फोक्सिङ्टारमा बेलीब्रिज नहुँदा खोटाङबाट घुर्मी–कटारी हुँदै तराई झर्नु पर्ने बाध्यता थियो ।

समयमा पक्की पुल निर्माण हुन सक्दा फोक्सिङ्टारमा बेलीब्रिज राख्ने र हटाउने काममै नेपाल सरकारले अहिलेसम्म पाँच करोडभन्दा बढी खर्च भइसकेको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व। मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण सुरु गरेको गाईघाट–दिक्तेल सडक योजनाले अहिले गाईघाट दिक्तेल सडक निर्माण गरि सकेको छ । सडक निर्माण भएको २७ वर्ष भए पनि पुल नबन्दा गाईघाट दिक्तेल धुले सडक सिधा यातायात सञ्चालन हुने सकेको छैन ।

समयमा पक्की पुल निर्माण हुन नसक्दा सुनकोसीमा पानीको बहाव घटेपछि लगाइने र बर्खायाम सुरू भएपछि झिक्ने बेलिब्रिजले हिउँदमा मात्र सिधा यतातयात सञ्चालन हुन्छ । उदयपुर सदरमुकाम गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्म बेलीब्रिज जडानपछि पाँच महिनाका लागि यातायात सञ्चालन हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्