काठमाडौं। नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।
कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन्। उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन्।
यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन्।