र्‍यापर बालेनद्वारा काठमाडौंको मेयरमा उठ्ने घोषणा, भनेः अब पढेलेखेका युवाको पालो

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ०३


नेपालका चर्चित र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन्।

अब युवाको पालो आएको भन्दै उनले आगामी स्थानीय तहको चुनावमा मेयरमा उम्मेदवारी दिने सामाजिक संजाल फेसबुकमा बताएका हुन्।

उनले भनेका छन्,‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।’

उनले ब्याचलरमा सिभिल इन्जिनियरिङ र मास्टर्समा प्रविधि र स्ट्रक्चरल इन्जिनियरिङसम्मको अध्ययन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्