माल्टामा सात ग्राम गाँजा बोक्न पाइने, साथै घरमा चार बोट रोप्न पनि पाइने

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ३८


युरोपेली राष्ट्र माल्टाले व्यक्तिगत प्रयोगका लागि गाँजा घरमा रोप्न र बोक्न पाइने कानुन ल्याएको छ।

बीबीसीका अनुसार माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको छ।

नयाँ कानुनअनुसार व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइनेछ भने घरमा चार वटा बोट रोप्न पाइनेछ।

संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ।


प्रतिक्रिया दिनुहोस्