‘भीभो सेल्स कार्निभल’ सुरु, ग्राहकलाई डिस्काउन्टदेखि आकर्षक उपहारसम्म

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : १९


काठमाडौं । विश्व प्रसिद्ध  स्मार्टफोन ब्राण्ड भीभोले नेपालमा चौथो वार्षिकोत्सव मनाएको छ।

यस अवसरमा भीभोले ब्राण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा सेल्स कार्निभलको उद्घाटन गरेको छ।

उक्त अवबरमा एम्बासेडर खड्काले नयाँ सिरिज् अन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि गरे।

भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको बताएको छ।

स्थानिय ग्राहकहरुलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ। जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको हुन्छ।

यसबर्ष पनि डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहारका पाउने छन्।

भीभो ब्राण्ड नेपाली बजारमा स्मार्टफोनको लागि उत्कृष्ट र अत्यधिक बिक्री हुने स्मार्टफोन बनेको छ। यो ४ वर्षको अवधिमा भीभो स्मार्टफोनको बिक्री अत्यधिक भएकोले नयाँ किर्तिमान कायम गरेको सो कम्पनीले जनाएको छ।

डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक र मनमोहक उपहारका साथै भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । यसका साथै यो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वाराण्टी पाउन सक्नेछन्।

चौथो वार्षिकोत्सवलाई रमणीय बनाउन भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ।

जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ। यी संस्थाका बच्चाहरुसँग दिन भर क्रियाकलाप गरिएको थियो भने उनीहरुलाई स्टेसनरी सामान र खाना उपलव्ध गरिएको थियो। जसले उनीहरुमा सकारातमक असर पर्न गई उनीहरुको भविष्य राम्रो हुनेछ।

सेल्स कार्निभलको उद्घाटन गर्नु हुँदै ब्राण्ड एम्बेसेडर खड्काले भने- ‘भीभोले आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय उत्पादनले प्रसस्त सुविधा पुर्याउनुका साथै उनीहरुको आवश्यकता र मागलाई परिपुर्ति गर्दै लाने छ। भीभोले अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरुलाई सन्तोष प्रदान गर्दै आएको छ।’

भीभोले लोकल कमिटमेन्ट र निर्देशन अन्र्तगत ‘मोर लोकल मोर ग्लोवल’ सिद्धान्त अनुसार नया पुस्ताको चाहनालाई परिपूर्ति गर्न नयाँ व्राण्ड वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्स्मार्टफोन शतिmशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ। यसमा ५००० एम.ए.एच. ब्याट्रि, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल ए.आइ क्यामेरा रहेको छ। शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी छ। यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरीएको छ जसको कारणले दिनभरी फोन चलाउँदा पनि आँखा थकित हुँदैन। उक्त शक्तिशाली स्मार्टफोन यहि डिसेम्बर १५ बाट  १९,९९९ मा उपलब्ध हुनेछ।

भीभो स्मार्टफोन प्रयोग गर्ने ग्राहकले पूर्ण सन्तुष्टि लिन सकून् भन्ने उदेश्य साथ अझ विस्तार गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढेको छ।

भिभोको बारेमा

भिभो त्यस्तो प्रविधिमा आधारित कम्पनी हो जसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ। यसले ग्राहकको आधुनिक जीवन पद्धतिमा थप सुधार ल्याउँछ। यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ। भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्ना उत्पादन बलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशन बनेको छ।

स्थानीय युवाको प्रतिभालाई उपयोग गर्न भिभोले १० ठाउँमा अनुसन्धान र विकास केन्द्र खोलेर तालिम र काम दिएको छ। त्यस्ता केन्द्र सेन्जेन, नानजिङ, बेइजिङ, डोङ्गग्वान, हाङ्गझोउ, सांघाई, सि यान, ताइपेइ, टोकियो र सान डिएगोमा खोलिएका छन्। उपभोक्तालाई मनपर्दाे प्रविधि साथै आर्टिफिसियल इन्टेलिजेन्समा ५ जी क्षमता प्रयोग भएको छ। भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन्। ती चिनका साथै दक्षिण एसियामा पनि छन्। भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन्। अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्