सूर्यको सतहमा पुग्यो नासाको यान, घाम छुँदै अमेरिकी यानले रच्यो नयाँ इतिहास!

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ५६


अमेरिकी अन्तरिक्ष संस्था नासाले नयाँ इतिहास रचेको छ। नासाको अन्तरिक्षयान सूर्यको सतहमा पुगेको हो।

यससँगै नासाको पार्कर सोलार प्रोब सूर्यलाई छुने पहिलो यान बनेको छ। नासाका वैज्ञानिकले सूर्यमा यान पुर्याउने भनेर ६० वर्ष अगाडि परिकल्पना गरेका थिए।

पार्कर सोलार प्रोब ३ वर्ष अगाडि सूर्यतर्फ उडेको थियो। सीएनएनका अनुसार तीन वर्षपछि नासाको यान सूर्यको सतहमा पुगेको हो। नासाले दिएको जानकारीअनुसार यान यतिबेला ‘कोरोना’ भनिने सूर्यको माथिल्लो वायुमण्डलमा प्रवेश गरेको छ।

सूर्यको उत्पत्ती तथा घाम र सौर्य मण्डलको सम्बन्धबारे यो यानले धेरै जानकारी हासिल गर्ने अपेक्षा गरिएको छ।

हाल अमेरिकी यान पुगेको कोरोना सतह १८ लाख डिग्री फरेनहाइट तातो भएको बताइएको छ।

This illustration shows Parker Solar Probe reaching the outer atmosphere of the sun.


प्रतिक्रिया दिनुहोस्