भ्रष्टाचार गरेको भन्दै शिक्षा समन्वय इकाइ प्रमुखलाई विप्लव कार्यकर्ताले दले कालोमोसो

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ४४


मान्मा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युबा संगठन नेपालले कालीकोटका शिक्षा समन्वय इकाइ प्रमुख महेशदत्त देवकोटालाई कालोमोसो दलेका छ्न।

प्रमुख देवकोटाले शिक्षक सरुवा–बढुवामा आर्थिक चलखेल गरेको शैक्षिक क्षेत्रमा मनपरि गरेको भन्दै उनलाई कालोमोसो दलेको युवा संगठनले जनाएको छ।

शिक्षा समन्वय इकाइ प्रमुख देवकोटाले कुनै पनि बिद्यालयमा अनुगमन नगरेको,शिक्षकलाई राजनीति आस्थाका आधारमा सरुवा/बढुवा गरेको, प्रधानाध्यापकसँग मिलेर शैक्षिक बिकृतिको संरक्षण गरेकोले कारबाही गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।

 

 


प्रतिक्रिया दिनुहोस्