प्रकाशमानलाई धनराजको व्यंग्य: बाबुले नेपालीलाई भेडा भने, छोराले भेडा सबै बेचिदिए

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : २३


काठमाडौं। काँग्रेसको १४ औं महाधिवेशनमा भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई नै सघाएपछि काँग्रेस नेता प्रकाशमान सिंहको आलोचना भइरहेको छ।

काँग्रेसकै नेताहरुले सिंहमाथि व्यंग्य गरिरहेका छन। यसैबीच, काँग्रेस नेता धनराज गुरुङले प्रकाशमान सिंहका बुबा एवं नेपाली काँग्रेसका तत्कालिन सभापति गणेशमान सिंहले ‘नेपाली जनता भेडा जस्ता हुन्’ भनेको सन्दर्भ ल्याएर प्रकाशमानमाथि व्यंग्य गरेका छन।

आफ्नो समूहको धन्यवाद कार्यक्रममा बोल्दै उनले नेता सिंहप्रति व्यंग्य गर्दै भने,, ‘पटककै विश्वास छैन, मान्दा पनि मान्दिन। नमान्दा नमान्दै पनि एउटा कुरा अचम्म लागिरहेको छ– बाबु भन्छ, यी भेडा होइनन् तर, छोरो लुकेर सबै भेडा बेचिदिन्छ। अनि पिताजी भन्नुहुन्छ ‘बाबु, राजनीतिमा नैतिकता हुन्छ।’ तर, छोरो भन्छ– ‘परी आउँदा नैतिकता पनि बेचिदिनुपर्छ बा।’


प्रतिक्रिया दिनुहोस्