‘कमेन्ट सेक्सन’ बन्द गरेर देउवालाई प्रकाशमानले दिए बधाई

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ३३


काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवासँगै सभापतिमा उम्मेदवारी दिएका प्रकाशमान सिंह अन्ततः देउवाकै पक्षमा उभिएपछि आलोचना भइरहेको छ।

काँग्रेसमा अब शेरबहादुर र रामचन्द्र पाडैल जस्ता पाका नेताको नेतृत्वले काम नगर्ने भन्दै आएका प्रकाशमानले देउवालाई नै समर्थन गरेपछि आलोचना भएको हो।

दोस्रो चरणमो निर्वाचनबाट अन्ततः देउवा नै सभापतिमा जितेपछि प्रकाशमानले पनि बधाई दिएका छन।

सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा सिंहले कमेन्ट बक्स बन्द गरेर देउवालाई बधाई दिएका हुन।

नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले सिंहले कमेन्ट अफ गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्