हङकङको ३८ तले भवनमा आगलागी हुँदा ३५० जना त्यहीँ थुनिए

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ५८


हङकङको एउटा ३८ तले भवनमा बुधबार आगलागी भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आगलागी भएको हो। यतिबेला आगलागी भएको सो अग्लो भवनमा ३५० जना भन्दा धेरै मानिसहरु थुनिएका छन्।

स्थानीय समयअनुसार मध्यान्न १२ः३७ मा आगलागी सुरु भएको हो। विद्युतीय स्विच रुमबाट आगलागी फैलिएको बताइएको छ।

हाल आगो निभाउने कार्य र उद्धार कार्य जारी राखिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्