एनएमबि बैंकको भिडियो केवाइसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५०० रुपैयाँसम्म छुट

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ४९


काठमाडौं । एनएमबि बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गर्न सकिने भएको छ। साथै आफ्नो केवाईसी विवरणहरू पूरारअपडेट गर्न सकिने योजना पनि ल्याएको छ।

योजना अन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यालयको शुल्क, मोबाइल टपअप लगायतमा २,५०० रुपैयाँ वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी बैंकले दिएको छ।

एनएमबि बैंकले भिडियो केवाइसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको हो। एनएमबि नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटलरूपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक पनि हो।

‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ। ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्दछन,’ प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।

एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भइसकेको छ। यसअघि बैंकले २०१७, २०१८, २०२० मा पनि फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको थियो।

बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्