काठमाडौं । मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले धादिङ बैरेनी ६ गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ ।
कम्पनीले सोही क्षेत्रमा २० वर्षदेखि आबश रमेश मोटरसाइकल बर्कसपका प्रोप्राइटर रमेश श्रेष्ठलाई आधिकारिकता प्रदान गरेको हो । कम्पनीले मंगलबार आधिकारिक मर्मत केन्द्र उद्घाटन गरी सो स्थानमा बुधबारसम्म एक्सचेञ्ज क्याम्प पनि सञ्चालक गरेको छ ।
उक्त क्याम्पमा नगद खरिदमा १० हजार छुट, फाइनान्स ७ हजार छुट र एक्सचेञ्ज गर्दा बजारमूल्यमा थप १५ हजार पाउने सुविधा छ । साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा रहेको छ । ग्राहकहरुलाई आकर्षक गिफ्टको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।