सन्दीपले छक्का प्रहार गरेको खेलमा उनको टोली पर्थसँग पराजित

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : १२


नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१–२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्ससँग ५३ रनले रनले पराजित भएको छ ।

१ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा १ सय २९ रनमा अल आउट भयो । होबार्टको लागि बेन म्याकडेरमोटले २९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । टिम डेविडले १० बलमा १ चौका र १ छक्कासहित १७ रन जोडे ।

सन्दीप लामिछानेले ९ बलमा १ छक्कसहित १३ रनमा अविजित रहे । डार्सी शर्ट २९ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा क्याच आउट हुन पुगे ।

१५ औं ओभरको अन्तिम बलमा टिम डेविड क्याच आउट भएपछि सन्दीप ब्याटिङको लागि क्रिजमा आएका थिए । सन्दीपले १९ औं ओभरको पहिलो बलमा एश्टन टर्नरलाई डिम मिडविकेटमा छक्का प्रहार गरेका थिए । पर्थका टाइमल मिल्सले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । एश्टन अगर र एन्ड्रयु टाईले २–२ विकेट लिए । जेसन बेहरनडोर्फ र एश्टन टर्नरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । पर्थका मिचेल मार्श ६० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले ।

होबार्टले सन्दीपलाई छैटौं ओभरमै बलिङमा ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो बलमै जोश इंग्लिसलाई क्लेव ज्वेलबाट दुई रनमा क्याच गराउँदै विकेट हात पारेका थिए । दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा सन्दीपले मिचेल मार्श र एश्टन टर्नरलाई एक एक रन खर्चे ।

आठौं ओभरमा सन्दीपले १० रन खर्चिए । पहिलो र दोस्रो बलमा सन्दीपले एक रन दिए । तेस्रो बल एस्टन टर्नरलाई डट राखेका थिए । चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा मार्शले एक रन दिँदै स्ट्राइक टर्नरलाई दिएका थिए । टर्नरले अन्तिम बलमा ओभर मिड विकेटमा छक्का प्रहार गरे ।

१३ औं ओभरमा सन्दीपले ११ रन खर्चिए । पहिलो बलमा मार्श र दोस्रो बलमा लाहिरु इभान्सलाई एक एक रन दिए । तेस्रो बल मार्शलाई डट राखेपनि चौथो बलमा सन्दीपले चौका खाएका थिए । पाँचौं बलमा एक र अन्तिम बलमा चौका प्रहार गरेपछि केहि महँगो सावित भएका थिए । १६ औं ओभरमा सन्दीपले सात रन खर्चिए ।

पहिलो बलमै मार्शले सन्दीपलाई सन्दीपलाई चौका प्रहार गरेका थिए । दोस्रो र तेस्रो बलमा सन्दीपले एक एक रन खर्चिए । चौथो र पाँचौं बलमा मार्शलाई डट राखे । अन्तिम बलमा सन्दीपले एक रन खर्चिदै आफ्नो स्पेल सकाए । यसअघि सन्दीपले सिड्नी सिक्सर्ससँग पहिलो खेलमा एक विकेट र दोस्रो खेलमा विहीन बनेका थिए । होबार्टले अव २० डिसेम्बरमा पर्थसँगनै खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्