सम्झना हत्याका अभियुक्त लालबहादुरलाई जन्मकैद

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ३१


गुल्मी । रेसुंगा नगरपालिका-३ की २१ बर्षीया सम्झना बोहराको हत्या अभियुक्त ४७ बर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतिले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग दाबीअनुसार जन्दकैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए।

फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन्।

बोहराको हत्या आरोपमा २९ माघ ०७७ मा खत्रीलाई गिरफ्तार गरी अदालतमा पेश गरिएको थियो।

सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन्। अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुशन्धानमा आरोपितको रोेहबर बस्नेलगायतका कार्यमा सक्रिय थिए।

उनले यति मात्रै गरेनन् २ फागुनमा सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिक झुण्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटकपटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउ समेत गरे।

त्यतिबेला आन्दोलनको अग्रपंतिमा हत्यामा संलग्न खत्री नै थिए । सोही घटनाका कारणा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठको सरुवा समेत भएको थियो।

आन्दोलनकारी प्रशासन कार्यालय छिरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे । सम्झनाको शब १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पोको पारेर फालिएको अवस्थामा फेला परेका थियो।

उनैले १७ फागुन ०७७ मा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरे।

उनका संकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेको थियो।

पहिलेबाट प्रहरी निगरानीमा रहेका खत्रीलाई शब भेटिने बित्तिकै पक्राउ गरी सार्वजनिक गर्को थियो । मृतक बोहराका ससुरा ५९ बर्षीय गणेश खत्रीले आरोपित विरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए।


प्रतिक्रिया दिनुहोस्