शेरबहादुरका लागि भोट माग्दै प्रकाशमान

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ४ : ५०


नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ।

मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन्।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा प्रकाशमानले शेरबहादुरलाई भोट मागिरहेका छन्। सोमबार आफूलाई सभापतिमा निर्वाचित गर्न भन्दै भोट मागेका प्रकाशमानले मंगलबार देउवालाई जिताउन भोट मागेका हुन्।


प्रतिक्रिया दिनुहोस्