काठमाडौं । विगत केहि दिन यता लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बढेर उछाल नै आएको छ।
नेप्से परिसुचक बढेर अहिले धेरै कम्पनीमा पोजिटभ सर्किट लागेको छ।
नेप्सेका सबै इन्डेक्समा हरियाली छाउँदा समग्र बजार ५ प्रतिशतभन्दा बढी बढेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ।
१२ बजेर ३८ मिनेट जाादा अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको छ। सो बेलासम्म ११४.२५ अंकले नेप्से बढेर २३९५ अंकमा पुगेको छ।
दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरीमा सर्किट ब्रेकरको सीमा तोकिएको छ। जसमा कारोबार खुलेको पहिलो घण्टाभित्र ४ र दोस्रो घण्टाभित्र ५ प्रतिशतसम्मको सर्किट ब्रेकर सीमा छ।