प्रकाशमानपछि नीधिको निवासमा देउवा

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ११ : ४९


काठमाडौं । प्रकाशमानमान सिंह सँगको भेटघाटपछि  शेरबहादुर देउवा काँग्रेस नेता विमलेन्ध्र नीधिको निवास बानेश्वर पुगेका छन्।

केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो। आफूलाई समर्थन गर्न आग्रह गर्दै देउवा नीधि निवास पुगेका हुन।

मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। जुन ४८.२३ प्रतिशत मत हो।



प्रतिक्रिया दिनुहोस्