देउवा र कोइरालाबीच सभापतिका लागि आजै चुनाव हुने

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : ३३


काठमाडौंl नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ।

सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए। मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो।

भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो।

देउवाले कुल ४६७९ मतमा २२५८ मत पाए। कोइरालाले १७२९ मत पाएका छन्।

यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए।


प्रतिक्रिया दिनुहोस्