कांग्रेस सभापति लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल, कसले कति मत पाए ?

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : ११


काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ ।

निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।

कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।


प्रतिक्रिया दिनुहोस्