राष्ट्रिय सभागृहमा सकियो मतदान, ३५ मत खसेन

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : १३


नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ।

सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको छ र राष्ट्रियसभा गृह तर्फ मतदान सकिएको छ। भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ।

राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ। इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ। नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन्।


प्रतिक्रिया दिनुहोस्