भारतीय अभिनेत्री करिना कपुर र अमृता कोरोना संक्रमित, कोरोनाको नियम तोडेको आरोप

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ०९


भारतीय अभिनेत्रीहरु करिना कपुर र अमृता अरोडा कोरोना भाइरसबाट संक्रमित भएका छन्।

समाचार संस्था एएनआईका अनुसार यी दुवैको रिपोर्ट सोमबार कोरोना पोजिटिभ आएको हो।

हाल भारतले कोरोनाको ओमिक्रोन भेरियन्टको विषयमा चिन्ता व्यक्त गरिरहेको छ। यसबीचमा यी दुई अभिनेत्री कोरोना संक्रमित बनेका हुन्।

ब्रिहन मुम्बई म्युनिसिपल कर्पोरेसनका अनुसार यी दुवै नायिकाले कोरोनाको नियम तोडेर पार्टीहरुमा भाग लिएका थिए।


प्रतिक्रिया दिनुहोस्